बिभिन्न बीमा सुविधासहितकाे “मुक्तिनाथ उत्कृष्ट मुद्धती” याेजना सुरु

इन्भेष्टाेपेपर ।  भाद्र १६, २०७९

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेप कर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यक्तिगत मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्नुहुने खातावालहरुले आफनो लागिरु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारकोकुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउनु हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नु हुनेछ र जति अवधिको मुद्धती खाता खोल्नु हुन्छ त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त हुने छ । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *