कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (जागरूक धरती) बिच सम्झाैता हुँदै
इन्भेष्टाेपेपर । भाद्र १६, २०७९
काठमाण्डाैँ । भदौ १७ (सेप्टेम्बर २, २०२२) गते, नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (जागरूक धरती) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर हुन गईरहेको छ ।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नकोलागि ईशा फाउण्डेशनका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो ।
सो अभियानको उद्देश्य माटोलाई स्वस्थ राखिरहनकोलागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नकोलागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्नु हो ।
अभियानको एउटा हिस्साकोरूपमा, माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नकोलागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा शुरु गर्नुभएको थियो । यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएईलगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेकाछन् । पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरूजस्तैकि आ.यू.सि.एन. (IUCN), संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू.एन.सि.सि.डी. (UNCCD), डब्ल्यू.एफ.पी. (WFP) तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएकाछन् ।
सोहीअन्तर्गत, गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गईरहेको सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटोजोगाउन किनआवश्यक छ भन्ने बारे सम्बोधन गर्नु हुने छ । नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका मन्त्रीहरू तथा ५००० भन्दाबढी मानिसहरू उपस्थित हुने अपेक्षा गरिएको छ ।
