मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा सम्पन्न, के भयाे निर्णय ?
इन्भेष्टोपेपर । कार्तिक २४, २०७८
काठमाण्डाैं । मुक्तिनाथ क्यापिटल लि. को विशेष साधारण सभा क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ ।
कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई रु.४०.५० करोड पुग्नेछ ।
यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रबद्र्धक तथा मुक्तिनाथ क्यापिटल योजना ब्यबस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको जनाएको छ ।
