मुक्तिनाथ विकास बैंकले ल्यायो ७.३५% ब्याजदिने बचत खाता
इन्भेष्टोपेपर । माघ १०, २०७८
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, मासिकब्याज आर्जन हुने “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले मात्र रु १०,०००।– को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
