मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण
इन्भेष्टाेपेपर । असार ६, २०७९
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंकले महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क , प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सबै क्षेत्रका नागरिकको हितमा काम हुने , जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
