सचिन रौनीयारको ‘जोगी भए’ म्यूजिक भिडियाे सार्वजनिक

इन्भेष्टाेपेपर ।  मङ्सिर १, २०७७

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत ’जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली  ’’ईट्टाघरे’’को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सगै लोकप्रिय गायिका मेलिना राइको युगल स्वर रहेको छ   ।

काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीतमा पछिल्लो  समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।

सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले  रुचाएका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *