सरोज साजन श्रेष्ठको लोक पप गीत ‘माया नयनी ताल’ले यूट्युबमा गति लिंदै (भिडियाे सहित)

इन्भेष्टोपेपर । भाद्र १९, २०७७

गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले यूट्युबमा नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन । अगस्त ३१ तारिखमा यूट्यूबमा अपलाेड गरिएकाे भिडियाे चार दिनमै २ लाख १७ हजार भन्दा धेरैले हेरिसकेका छन् ।

गायक स्वयमको शब्द, संगीत रहेकाे तथा बिधान कार्कीकाे निर्देशनमा तयार पारिएकाे यस भिडियाेमा लोक पप तथा डान्सिङकाे राम्राे फ्युजन गरिएकाे छ । यस भिडियाेमा अहिलेका चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र सुशील रेग्मीको अभिनय रहेको छ ।

भिडियोमा उत्सव दाहालको छायांकन, बिकाश दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने दिपेन गौतमको निर्माण नियन्त्रणमा बनेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *