राजनीतिकाे साथै वामदेव गौतम गीत लेखन र म्यूजिक भिडियाेमा
इन्भेष्टोपेपर । भाद्र १२, २०७७
पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदश्य समेत रहनुभएका निकै व्यस्त नेता वामदेव गौतम गीत लेखनमा पनि अब्बल रहेकाे परिचय दिनु भएकाे छ ।
उहाँ आफैंले लेख्नुभएको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतमा बनाइएकाे म्युजिक भिडियोमा उहाँ आफैले समेत अभिनय गर्नुभएको छ ।
देशभक्तिले ओतप्राेत रहेकाे यस गीतमा संगीतकार शम्भुजित बाँस्कोटाले संगीत भर्नुभएको छ भने एरेञ्जर मनोहर सुनाम हुनुहुन्छ । गीतकार रोशनराज गुरुङ, माण्डवी त्रिपाठी र अञ्जना गुरुङकाे सुमधुर स्वरमा गीत रेकर्डिग गरिएकाे छ ।
यसैगरि गौतमले रचना गर्नुभएका ४३ वटा गीतहरुको गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यी सबै गीतहरुमा सामाजिक, सांस्कृतिक तथा राष्ट्रप्रेमको भाव झल्किन्छ ।
