गायिका शान्ती श्री परियारको ‘पागल’ सार्वजनिक भएकाे चार दिनमै १ लाख बढीले हेरे
इन्भेष्टोपेपर । असार १०, २०७८
पछिल्लो समय चर्चामा आएकी गायिका शान्ती श्री परियारको नारी स्वर रहेकाे ‘पागल’ बोलको म्यूजिक भिडियाे सार्वजनिक भएकाे चार दिनमै एक लाख भन्दा धेरैले हेरेका छन । यस गीतमा पुरुषको आवाज तथा संगीत लोक तथा दोहोरी गायक राजेन्द्र कँडेलले दिएका छन् ।
यस म्यूजिक भिडियाेमा शसक्त अभिनय गरेका मोडल तथा युटुब पत्रकार शिशिर भण्डारी रुपा कँडेलकाे प्रेममा पागल भएको देखाइएको छ । गीतमा दुई प्रेमीको बिछोड भएपछिको अवस्थालाई चित्रित गरिएको छ ।
नारायणप्रसाद शर्मा (मुस्कान) को शब्दमा सजिएको उक्त गीतमा विनोद बाजुरेलीको एरेञ्ज, खड्क बाजुरेलीको अडियो सम्पादन, गोविन्द पराजुलीको रेर्कडिङ रहेको छ ।
भिडियोतर्फ विक्रम चौहानको निर्देशन, शिशिर भण्डारी र रुपा कँडेलको अभिनय, मिलन विश्वकर्माको कलर तथा सम्पादन रहेको छ भने पोष्ट प्रोडक्सन बी स्टार फिल्मस्ले गरेको हो ।
