कमल खत्रीको “याद” नामक म्युजिक भिडियो सार्वजनिक

 इन्भेष्टाेपेपर । कार्तिक २३, २०७७ 

काठमाडौं । गायक कमल खत्रीको आवाजमा रहेको ‘याद’ बोलको म्युजिक भिडियो सहितको गीत सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोलाई आस्था मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । आफ्नो नजिकको मान्छेको यादमा लेखिएको गीतलाई दर्शकहरुले एकदमै मन पराई रहेका छन् ।
बहु चर्चित  गीत “तिमी  मेरो पाहिलो माया” का रचनाकार सुदीप लम्सालको हृदय स्पर्षी शब्द रहेको यस गीतलाई चर्चित गायक कमल खत्रीले अत्यन्तै मिठो आवाज दिएका छन् ।

युवा बर्गलाई लक्षित यस गीतले आफूबाट टाढा भएको वा रहेको आफ्नो नजिकको मान्छेको अविस्मरणीय यादलाई ताजा बनाई दिन्छ । अत्यन्तै राम्रो बनेको यस गीतको म्युजिक भिडियोमा गायक कमल खत्री , सुदीप लम्साल र मोडल समीक्षा पोखरेलको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन  गरेका छन् ।

कमेडी क्लबले प्रस्तुत गरेको यस म्युजिक भिडियोमा गीतकार लम्सालकै निर्देशन रहेको छ । त्यस्तै  म्युजिक भिडीयोलाई निर्माताहरु  पारस पोखरेल र रचना लम्सालले निर्माण गरेका हुन् । म्युजिक भिडियोको व्यवस्थापन हिमाल लम्सालले गरेका छन् । यस गीतको अफिसिअल न्युज पार्टनरमा आस्था न्युज रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *