एन.सी.सी. बैंकको रक्तदान कार्यक्रम

इन्भेष्टोपेपर । मंसिर २५, २०७८

काठमाण्डाैं । एन.सी.सी बैंक लिमिटेडको २५ औं वाषिर्कोत्सवको उपलक्ष्यमा मंसिर २३ गते बिहीवारका दिन बैंकले देशमा विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । बैंकले बिराटनगर, जनकपुर, लाहान, काठमाडौं, नारायणगढ, पोखरा, सिद्धार्थनगर, विरेन्द्रनगर र धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गर्नु भएका काठमाडाैं, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उहाँको योगदानलाई सम्मान गर्दै कदर प्रत्र प्रदान गर्नुभयो ।

साथै बैंकले २५ औं वाषिर्कोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ्ग खाता”, “एनसीसी सुगम सिल्भर मुद्दती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता” र “एनसीसी सिल्भर रेमिट मुद्दती खाता” जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *