समृद्धिका लागि दिगो पर्वतीय पर्यटन विकास आवश्यक

इन्भेष्टोपेपर । मंसिर २५, २०७८

पोखरा ।  गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वर्द्धनमा जोड दिनुपर्ने बताउनुभएकाे छ।

अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र  सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा  उनले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएकाे हाे।

हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनु भयाे।

भूगोलविद् प्रा डा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताए। उनले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राख्नुभयाे।

रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रस्टयाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताउनुभयाे। उहाँले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेञ्‍चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको औंल्याउनुभयाे।

सो अवसरमा कुलपति गुरुङले  प्रकाश थापाद्वारा लिखित पुस्तक ‘लाङटाङदेखि लण्डन’सम्मको सार्वजनिक गर्नुभएकाे थियाे। उक्त पुस्तकबारे चर्चा गर्दै नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई  समेटेको र पुस्तक पढ्नेलाई घुम्न प्रेरित गर्ने बताउनु भयाे। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *