नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण
इन्भेष्टाेपेपर । वैशाख २७, २०७९
काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आउनु भएकाे थियाे ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
पुरस्कारको रकम रु. ५०,००० प्रत्यक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तब्यमा लेखिएको छ । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि उनिका खनाल, दिपसन भट्टराइ र मुकुल अर्याललाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ ।
