निजी क्षेत्रलाई पनि मतदानका दिन बिदा दिन आग्रह
इन्भेष्टाेपेपर । वैशाख २७, २०७९
काठमाण्डाैँ । स्थानीय तह निर्वाचनकाे दिन वैशाख ३० गते नेपाल सरकारले सार्वजनिक विदा दिने घाेषणा गरिसकेकाे छ ।
उक्त दिन सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजीक्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको छ ।
