नबिल बैंकद्वारा ‘Scan and withdraw’ सेवा शुभारम्भ, एक लाखसम्म झिक्न सकिने

इन्भेष्टोपेपर ।  श्रायण १५, २०७७ 

ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ (Scan and withdraw) सुविधाको सुरुवात गरेको छ ।

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाखसम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएकाेछ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंककाप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “अबनबिल बैंकका ग्राहकमहानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आºनो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर ब्ांैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आºनो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्र मार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

नबिल बैंकका हालसम्म देशभरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेकाछन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *