जलवायु परिवर्तन सम्बन्धी सचेतना सहित नबिल क्यालेन्डर २०८० सार्वजनिक

न्भेष्टाेपेपर ।  चैत्र ३०, २०७९

काठमाडौं : ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृत द्वय विनय कुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्।

नबिल क्यालेन्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागि आह्वान गरिएको छ ।

ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू प्रयोग गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो ।

नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्याउने योजना बैंकको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *