नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । असार २६, २०८१

काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताउनु भयो ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालगंज र महेन्द्रनगर मा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रवन्धक विवेक शर्मा, विभागिय प्रमुख सुष्मिता राणा लगायत नेपालगंजमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो । महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *