नबिल बैंकलाई राष्ट्रिय अवार्ड

इन्भेष्टाेपेपर ।  वैशाख १८, २०७९

काठमाण्डाैँ । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेसनल एचआर एक्सिलेन्स अवार्ड – २०२२ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।कम्पनीको एचआर मिट २०२२अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुनेगरि व्यापक सदुपयोगगरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड – २०२२’ अवार्ड दिने निर्णय गरेको हो ।

नबिल बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदानगर्दै आएको यस नबिल बैंकको १४८ शाखा, १८८ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्टरहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा कामगर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *