पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

न्भेष्टाेपेपर ।  पुष १२, २०७९

कास्की । पोखरामा यही पुस १३ देखि १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन र ब्याडमिन्टन खेलको विकासको लक्ष्यसहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ ।     
     
प्रतियोगिताअन्तर्गत १२ इभेण्टमा प्रतिस्पर्धा हुने भएको सङ्घका अध्यक्ष सुशीलकुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा काठमाडौँ, कञ्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाहीलगायतका २५ जिल्लाबाट तीन सय बढी खेलाडी सहभागी हुँदैछन् ।     
     
प्रतियोगिताको खुला पुरुष एकल तथा डबलतर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी सोही इभेण्टमा द्वितीय हुनेलाई रु ३० हजार र तृतीय हुनेलाई रु २० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नेछन् ।     
     
प्रतियोगिताअन्तर्गत महिला एकल तथा डबल, मिक्स डबल, ३५ वर्षमाथिको डबल पुरुष उमेर समूह, ४५ वर्षमाथि डबल पुरुष, ५५ वर्षमाथि डबल पुरुषतर्फको विधामा विजेता टोलीले जनही रु ३० हजार, उपविजेताले जनही रु २० हजार र तेस्रो हुनेलाई जनही रु १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।     
     
जुनियर खेलाडीको प्रोत्साहन गर्ने उद्देश्यले १२ वर्षमुनिका खेलाडी सहभागी ९यु–१२० र १७ वर्षमुनिका खेलाडी सहभागी ९यु–१७० पुरुष तथा महिलातर्फको विधामा प्रतिस्पर्धा हुने भएको छ । सो इभेण्टमा विजेता खेलाडीले जनही रु १५ हजार, दोस्रो हुनेले रु १० हजार र तेस्रो हुनेललाई रु पाँच हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्का सचिव फडिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *