नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

इन्भेष्टाेपेपर ।  मंसिर १६, २०७९

काठमाण्डाैँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको  थियो ।  

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले  अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप  कम्पनी ले यश प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त्तरुपमा प्रकश पार्नु भएको थियो ।

कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण  दिनु भएको थियो ।  कर्यक्रममा सुर्खेत शाखाबाट  उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान गर्नुभएको थियोे ।

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *