कुवेतमाथि विजय प्राप्त गर्दै नेपालले ग्लोबल छनोटमा पुग्ने आशा जगायाे
Investopaper, श्रावण ११, २०७६
नेपालले विश्व ट्वान्टी–२० एसिया छनोटमा आज कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यससँगैं नेपालको ग्लोबल छनोटमा पुग्ने आशा जागेकाे छ । कप्तान पारस खड्काकाे सानदार इनिङ्स खेल्दै नेपाललाई विजय दिलाएका हुन् ।

इन्डियन एसोसिएसन मैदानमा नेपालले टस जितेपछि कुवेतलाइ ब्याटिङकाे निम्ताे दिएकाे थियाे । कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४१ रन बनायो।
खेलकाे दाेश्राे इनिङमा मैदानमा उत्रेकाे नेपाली टाेलीले धुवाधार व्याटिङ गर्दै उक्त लक्ष १५.५ ओभरमै पुरा गर्याे । पारस खडकाले कप्तानी पारी खेल्दै ४२ बलमा ६८ रन बनाए । मलेसियासंग भएकाे अघिल्लाे म्याचका नायक ज्ञानेन्द्र मल्ल जम्न नसके पनि १३ बलमा १९ रनकाे याेगदान दिए । यसैगरी शरद भेषवाकरले ३८ रन बनाए ।
सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपालको ३ खेलमा ४ अंक छ। सिंगापुर ३ खेलमा ५ अंक सहित शीर्ष स्थानमा छ। नेपालले आइतबार सिंगापुरसँगैं खेल्ने छ। यो खेलमा जित्ने टोली ग्लोबल क्वालिफायरमा पुग्ने छ।
