लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल, जर्सी सार्वजनिक

न्भेष्टाेपेपर । मंसिर १६, २०८१

काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको टोली लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ ।

आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । सम्झौतापत्रमा लुम्बिनीका लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गर्नुभयो । सम्झौता रकम भने खुलाइएको छैन ।

कार्यक्रममा लुम्बिनीका ब्रान्ड एम्बासडर राजेश हमाल, लुम्बिनीका कप्तान रोहितकुमार पौडेल सहित अन्य खेलाडीहरू पनि उपस्थित थिए । साथै कार्यक्रममा एनसेल अङ्कित लुम्बिनी लायन्सको जर्सी पनि सार्वजनिक भएको छ ।

एनसेल एनपिएलको सहप्रायोजक पनि हो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शनिबार देखि सुरु भएको एनपिएलमा लुम्बिनीसँगै आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *