मातहतका निकायलाई प्रगति विवरण पेस गर्न खानेपानी मन्त्रीको निर्देशन

न्भेष्टाेपेपर । मंसिर १६, २०८१

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति एवं कामको विवरण मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभएको छ।

आइतबार मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका कामको प्रगति विवरण तत्थ्यसहित पेस गर्न निर्देशन दिनुभएको हो। “खानेपानी क्षेत्रमा हालसम्म के कति प्रगति भएको छ, कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा रिपोर्ट पेस गर्नुहोला। त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस्”, उहाँले भन्नुभयो। 

मन्त्री यादवले मन्त्रालय मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाका कामबारे जानकारी लिँदै  कतिपय आयोजनाका काम तोकिएको समयमा सम्पन्न नभएको देखिएकाले त्यसका कारण लिखित रूपमा पेस गर्न निर्देशन दिनुभयो। यस्तै, मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना उच्च व्यवस्थापन समूहको बैठक (एसएमटी) राख्न निर्देशन दिइएको थियो।

बैठकमा मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, पिआइडी, काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी दिनुभएको थियो। याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *