‘एनसेल बिक्री प्रकरण: विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ’

न्भेष्टाेपेपर । मंसिर १९, २०८०

त्रिवेणी (नवलपरासी) ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभएको छ । आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणकामा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताउनुभयो । 

नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवम् कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभयो । “किनबेच गर्ने निकायले, नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ । त्यसको बाबजुद बाहिरनै किनबेच भयो भन्ने कुरा आएको छ । यसको गहिराइमा हामी पुग्छाैँ, हाम्रो कानुनी व्यवस्था जे छ, कानुनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ” अर्थमन्त्रीले भन्नुभयो ।

किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानुनी व्यवस्थाअनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उहाँले बताउनुभयो । “कानुनी व्यवस्थाअनुसार किनबेच भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,” अर्थमन्त्री डा.महतले भन्नुभयो “तर किनबेच हुँदैमा लगानी कर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन ।” 

अर्थमन्त्री डा.महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताउनुभयो । उद्यमीका समस्या सम्बोधन गर्न राष्ट्र बैङ्कमार्फत गृहकार्य भइरहेको उहाँले बताउनुभयो । बैङ्कसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *