नेपाल टेलिकमको कल ट्रान्सफर सुविधा निःशुल्क सुचारु गराउन सकिने

इन्भेष्टोपेपर ।  श्रायण ०७, २०७७ 

नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको Call Transfer सुविधा निःशुल्क सुचारु गराउन सकिन्छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ ।

सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले Call Transfer गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।

यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी Direct Call Transfer अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा Transfer हुने व्यवस्था मिलाउन सकिन्छ ।

यसैगरि कल गरिएको नम्बर व्यस्त भएमा Busy Transfer अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा Transfer हुने तथा No Answer Transfer मा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा Transfer हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ ।

Call Transfer वा अन्य प्रयोजनका लागि प्रयोग हुने Lock Code ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका Landline नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु Activation / Deactivation गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही Keyword हरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइट ntc.net.np बाट प्राप्त गर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *