नबिल डिबेन्चर २०८२ सूचीकरण सम्झाैता

इन्भेष्टोपेपर ।  श्रायण ०७, २०७७ 

२०७७ श्राजण ६ गतेका दिन नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् प्रतिकित्ता १ हजार मूल्य अंकित २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नु भयो ।

नबिल बैंकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *