कस्ताे अचम्म ! माछाले मछुवारकाे घाँटी छेड्यो
इन्भेष्टोपेपर । चैत्र २५, २०७६
इन्डोनेशियामा माछा मार्न गएका एक किशोरको घाँटीमा उडेर आएको माछाले गहिरो चोट पुर्याएको छ । ‘निडल फिस’ ले उनको घाँटी अगाडिबाट पछाडिसम्मै छेडेको देखिएको छ । चोट लागेपछि उनी डुङ्गाबाट पल्टिएको पनि अडिटी सेन्ट्रलले बताएको छ ।
घटना जनवरी १८ तारिखको हो जब १६ वर्षे मुहम्मद इदुल र उनका साथी सारीले अबेर राती माछा मार्न जाने योजना बनाए । ती दुई दक्षिण पूर्वी सुलावेसी प्रान्तमा रहेको बुटनको समुद्रमा पुगे । सबैकुरा उनीहरुले बनाएको योजना अनुरुप नै चलिरहेको थियो तर एक्कासी सारीले आफ्नो फ्ल्यासलाइट अन गरे ।
बत्ती बल्नेबित्तिकै एउटा निडल फिस पानीबाट बाहिर आयो जसका कारण माछाको लामो र तिखो बंगारा मुहम्मदको घाँटीलाई छेड्न पुग्यो । माछाको बंगारा मुहम्मदको चिउँडोदेखि गर्धनसम्म पुगेको थियो जुन घाँटीमा अड्किएको थियो । माछा घाँटीमा अड्किँदा उनी करिब करिब डुब्नै लागेका थिए । मुहम्मदले कसै गरी माछालाई समात्न सके । यसो गरेर उनले माछालाई हल्लिन दिइरहेका थिएनन् जसका कारण घाउ थप भयानक हुन सकेन ।
त्यसपछि उनले पानीमाथि उठेर साथीको सहयोग मागिरहेका थिए । सारीले उसको मद्दत गरेपछि ती दुई पाँच सय मिटर पौडी खेलेर किनारामा पुगे र दक्षिण बुटनस्थित आफ्नो घरमा तुफान दौडिए । मुहम्मदका बुवाले जब माछा घाँटीमा अड्किएका आफ्ना छोरालाई देखे तब उनले छोरालाई अस्पताल पुर्याउन ढिला गरेनन् । उनीहरु कारमा यात्रा गर्दै बाउबाउ अस्पताल पुगे । उक्त अस्पताल उनको गाउँबाट साढे १ घण्टा टाढा छ । डाक्टरले उनको घाँटीबाट निडल फिसको टाउकोबाहेक सबै निकाल्यो ।
घाँटीमा रोपिएको माछाको टाउको निकाल्ने पर्याप्त उपकरण त्यहाँ थिएन तसर्थ माकासारस्थित अस्पताल पुगे । त्यहाँ पाँचजना विशेषज्ञले एक घण्टा लगाएर उनको घाँटीबाट माछाको टाउको निकाले र घाउ बन्द गरिदिए ।
उक्त घटनापछि पनि आफूले माछा मार्न भने कायम राख्ने बताए । ‘अबका दिनमा मैले थप सावधानी अपनाउनुपर्छ । निडलफिसले प्रकाश सहन सक्दैनँ त्यसैले त्यो पानीबाट बाहिर आयो र मेरो घाँटीमा आएर ठोक्कियो,’ १६ वर्षे उनले बीबीसी इन्डोनेशियालाई भने ।
— एजेन्सी
