टी-२० वरियतामा नेपालको २ स्थान सुधार
इन्भेष्टाेपेपर । आश्विन ९, २०८३
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ ।
शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकालेपछि आइसीसीले ताजा वरियता सार्वजनिक गर्दा नेपालले २ स्थान सुधार गरेको हो ।
नेपाल अब टी-२० अन्तरराष्ट्रिय वरियताको चौधौं स्थानमा उक्लिएको छ । यसअघि नेपाल वरियताको सोह्रौं स्थानमा थियो । नेपालविरुद्धको हारले अफगानिस्तान नवौंबाट दशौं स्थानमा झरेको हो ।
शुक्रबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्यो । यो जितपछि नेपालको क्वार्टरफाइनल सम्भावना बलियो बनेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानविरुद्ध खेल्ने तालिका छ ।
