नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टाेपेपर । आश्विन २४, २०८३

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दाहालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनी महानुभावहरुलाई जानकारी गराउनु भएको थियो । 

उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । 

आदरणीय शेयरधनी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको आजको साधारण सभामा शेयरधनी महानुभावहरुले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा बैंक भित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा विशेष जोड दिदै अा–आफ्ना भनाई/सुझावहरु राख्नुभएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *