२ अर्ब १० कराेडकाे बैंक ग्यारेन्टी सम्बन्धी मुद्दामा नेपाल इन्भेस्टमेन्ट बैंक विजयी
इन्भेष्टोपेपर । जेष्ठ २८, २०७७
नेपाल इन्भेस्टमेन्ट बैंकले इटालीमा बैंक ग्यारेन्टी सम्बन्धी मुद्दामा विजय प्राप्त गरेकाे छ ।
गत सेप्टेम्बर २०१८मा तनहुँ जलविद्युत् लिमिटेडका पक्षमा इटालीको इन्टेन्सा सन्पाओला एसपीएले आफ्नो ग्राहक ओअपरेटिभा मुराटोरी एन्ड सिमेन्टिस्टी (सीएमसी)– सी.एम.सी. दे रेभेना सोसाइटाका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ र युरो ८७ लाख ४९ हजार २३९ युरो (कुल रकम २ अर्ब १० करोड रुपैयाँ) को काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।
यसैबीच, एनआईबीएलले सन् २०१९ फेब्रुअरीमा तनहुँ जलविद्युत् लिमिटेडका तर्फबाट ठेकेदार कम्पनी सीमएसीले आफ्नो करार अन्तर्गतको दायित्व उल्लंघन गरेको दाबी प्राप्त गर्यो । इन्टेन्सा सन्पाओला एसपीए माथि बैंक ग्यारेन्टी राशीका लागि एनआईबीएलले माग दाबी गरेपछि उसले इटालीको ट्रिबुनल डे बोलोनाको आदेश भन्दैै रकम भुक्तानीका लागि अस्वीकार गर्यो ।
एनआईबीएलले तनहुँ जलविद्युत् लिमिटेडको मागलाई बैंक ग्यारेन्टीको सर्त मुताबिक तत्कालै भुक्तानी गर्न बाध्य थियो । यद्यपि, लामो अदालती मुद्दापछि ट्रिबुनाले बोलांगाको पूर्ण इजालसले ९ जुन २०२० (२७ जेठ २०७७) मा यस अघिको इन्टेन्सा सन्पाओला एसपीएले एनआईबीएललाई बैंक ग्यारेन्टी रकम तिर्नबाट रोक्ने आदेशलाई खारेज गरेको छ ।
यसरी यो आदेशले अघिल्लो अदालतको आदेशलाई अमान्य घोषित गरेसँगै एनआईबीएलाई इटालियन बैंकबाट प्रभावकारी रूपमा बैंक ग्यारेन्टीको रकम प्राप्त गर्न निश्चित आधार प्राप्त भएको छ ।
