नेपाल लाइफद्वारा जीवन बीमाका समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्भेष्टाेपेपर । चैत्र ११, २०८०

काठमाण्डाैँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्धप्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम भव्यता पुर्वक सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले अहिलेकाे बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताउनु भयो। संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्क्षय रूपमा काम गरि रहनुभएका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताउनुभयो ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिनुभएको थियो । साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गर्नुभएको थियो । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *