नेपाल लाइफ इन्स्योरेन्सको लिडरसिप एक्सिलेन्स अवार्ड-२०२४ सम्पन्न

काठमाण्डाैँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड- २०२४ भव्यतापूर्वक सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा श्रावण ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्षः फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले अभिकर्ताहरुलाई गत आ.व. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गर्नु भएको थियो ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *