नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड समारोह सम्पन्न

न्भेष्टाेपेपर । माघ ८, २०८१

काठमाण्डाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको हाे ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा यस कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल हुनुभएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमा सम्बन्धी नीति निर्माणमा सहयोग पुर्याउने कुरा बताए । विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *