नेपाल एसबिआई बैंक सम्मानित

न्भेष्टाेपेपर । वैशाख १९, २०८१

काठमाण्डाँ । नेपाल एसबिआई बैंक लि. रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक उत्सव समारोहको अवसर पारेर नेपाल एसबिआई बैंक लि. लाई प्रशंसापत्र प्रदान गरिएको हो ।

उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देलाई प्रदान गर्नूभएको थियो । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले विप्रषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल एसबिआई बैंक लि.ले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *