नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह सञ्चालन गर्ने

इन्भेष्टोपेपर । चैत्र ०६ २०७८

काठमाण्डाैँ । नेपाल धितोपत्र बोर्डले यहि आउँदो मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय सप्ताह मनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको छ । खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

यो कार्यक्रम Organisation of Economic Cooperation and Development (OECD/INFE) आयोजनामा वार्षिक रुपमा मनाईने कार्यक्रमको रुपमा रहेको र बोर्डले पनि नेपाल राष्ट्र बैंकको समन्वयमा मनाउन लागेको हो । यस कार्यक्रममा धितोपत्र बजारमा रहेका नेप्से, सिडिएससि, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, रेटिगं एजेन्सीको समेत उल्लेख्य सहभागिता रहने छ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हितको संरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि बजारसम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह गर्दै पुँजी बजारसम्बन्धी साक्षरतामा अभिवृद्धि गर्नका लागि यो सप्ताह महत्वपूर्ण रहेको छ ।

धितोपत्र बजार क्रमशः देशव्यापी हुँदै गएको पृष्ठभूमिमा यस बजारको बारेमा जानकारी दिई आमसर्वसाधारणलाई धितोपत्र बजारसम्बन्धमा रहे भएका द्विविधा हटाउने, बजारसम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि मार्फत सबलीकरण गरी बजार प्रवेशमा प्रोत्साहित गर्न बोर्डले यो सप्ताह विशेष रुपमा सञ्चालन गर्न लागेको हो ।

१. चैत ७, सोमबार – Financial Services, Literacy and Its Importance विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागबाट संयुक्त कार्यक्रम सञ्चालन (चार प्रस्तुती रहने) गर्ने ।

२. चैत ८, मंगलबार – पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु पत्रपत्रिका तथा वेबसाइटहरुमा प्रकाशन । साथै नेप्से र सिडिएससिबाट NOTS System / Central Securities Depository को प्राविधिक पक्षहरुका सम्बन्धमा सर्वसाधारणलाई शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

३. चैत ९, बुधबार – देशका विभिन्न प्रदेशहरुमा (पोखरा, बुटवल, विराटनगर) धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

४. चैत १०, विहिबार – धितोपत्र बजारका आधारभूत पक्षहरुः नेपालको सन्दर्भ विषयमा प्रदेशस्तरीय अन्र्तक्रियात्मक कार्यक्रम धनगढीमा सञ्चालन गर्ने ।

५. चैत ११ शुक्रबार – सामुहिक लगानी कोष र क्रेडिट रेटिगं विषयमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने ।

६. चैत १२ शनिबार – धितोपत्र बजार तथा वस्तु विनिमय बजारका बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालनका साथै Capital Market Education and Youth Empowerment विषयमा वित्तीय क्षेत्रका उच्च पदाधिकारी तथा विज्ञहरुको सहभागितामा टेलिभिजनमार्फत् अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गर्ने ।

७. चैत १३ आइतबार – बोर्ड तथा बजार सहभागीहरुले धितोपत्र बजार विषयमा समेटिएका अध्ययन सामग्रीहरु लगायतका बुकलेटको प्रकाशन तथा वितरण साथै बोर्डको संयोजनमा नेपाल राष्ट्र बैंक, बीमा समिति, सहकारी विभाग समेतको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने ।

यस सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्वको बारेमा आमसर्वसाधारणमा व्यापक सञ्चार भई उनीहरुमा यस बजारमा प्रवेश गर्न उत्साहित हुने, वित्तीय साक्षरता अभिवृद्धि हुने र यसबाट पुँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास बोर्डले लिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *