नेपाल टेलिकमले ल्यायाे संविधान दिवस अफरः सय रुपैयाँमा ३ जिबी डाटा

Investopaper, असाैज ०२, २०७६

काठमाण्डाै — संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3#  मा डायल गर्नु पर्नेछ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एप मार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *