एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. को २४ औं वार्षिक साधारण सभा सम्पन्न
Investopaper, असाैज ०१, २०७६
एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २४ औं वार्षिक साधारण सभा आज असोज १, २०७६ का दिन अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न भयो ।
दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कम्पनीको २४ औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव तथा उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने / गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।
