चीनका १५ गन्तव्यमा उडान भर्न पाउनेगरी सम्झाैता सम्पन्न

Investopaper, श्रावण ११, २०७६ 

काठमाण्डाै – नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ ।

दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् ।

द्विपक्षीय छलफलपछि आज हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ ।

चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलका क्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *