नेपालकाे टिपिकल तरकारी गुन्द्रुकः खान मिठाे पकाउन सजिलाे, स्वास्थ्यका लागि फाईदै फाईदा !

माघ २८, २०७६ | Investopaper

गुन्द्रुक नेपालीहरूकाे परापूर्व कालदेखि बनाउँदै र खाँदै आएकाे टिपिकल तरकारी हाे । गुन्द्रुकलाई सिन्की पनि भन्ने गरिन्छ । गुन्द्रुक बनाउन कुनै मेसिन र ठूलाे प्रविधिकाे जरूरत पर्दैन । गाँउघर देखि सहरबजारसम्म सजिलै बनाउन सकिन्छ र शदियाैंदेखि बनाउँदै आएकाे पाईन्छ ।

गुन्द्रुक विभिन्न प्रकारका साग तथा मूला, फर्सि जस्ता तरकारीजन्य फलहरूबाट बनाउन सकिन्छ । हरियाे अवस्थाका सागसव्जीलाइ कुटेर घैंटाे/भाँडाेमा खाँदेर फर्मेन्टेसन गराइ गुन्द्रुक बनाउने भएकाले हरियाे सागमा पाइने तत्वहरू पनि केहि मात्रामा सुरक्षित रहेका हुन्छन । तयार हुँदा यसकाे स्वाद अमिलाे हुन्छ ।

नेपालीमा उखानै छ, “गुन्द्रुक/सिन्कीलाइ पकाउनु पर्दैन, सालीलाइ फकाउनु पर्दैन” । सालीकाे कुरा त जताततै लागु नहाेला तर गुन्द्रुकलाइ धेरैबेर पकाउनु पर्दैन, एकभुलुक उमाले पुगि हाल्छ । खानमा जति चाेपिलाे र मिठाे छ, पकाउन त्यतिनै सजिलाे । ढिडाे र गुन्द्रुक भन्ने बित्तिकै सबैकाे मुख रसाउँछ ।

गुन्द्रुक स्वादका लागि मात्र नभए स्वास्थ्यका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । यो प्रायको भान्सामा नियमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चोपिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको सेवन प्राय जाडो महिनामा प्रयोग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि निकै मन पर्छ ।

तारे हाेटलकाे हिमालयन सुपः

सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ । तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ । कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर (अचारकाे रूपमा) पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।

गुन्द्रुक खानाले हुने फाईदाहरूः

  • आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ ।
  • यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ ।
  • ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । बढी अमिलाे छ र अवस्था जटिल भएमा चाँहि ख्याल गर्नु पर्दछ ।
  • गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ फलस्वरूप शरीरलाइ चाहिने विभिन्न तत्वहरू परिपूर्ति गर्न मद्दत गर्दछ ।
  • अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।
  • गुन्द्रुकले लेक लाग्नबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जसका कारण हिमाल जाने मान्छेले गुन्द्रुक बोकेको हुन्छ ।
  • सिन्कीकाे अर्को महत्वपूर्ण पक्ष भनेको खाना बढी खुवाउने काम गर्न राम्रो भुमिका खेल्दछ ।
  • गुन्द्रुककाे नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत गर्छ ।

— विभिन्न पत्रपत्रिकाकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *