नेप्से ५२.३६ अंकले बढ्यो, सवा ९ अर्बको सेयर कारोबार

न्भेष्टाेपेपर । माघ ९, २०८१

काठमाडौँ ।  सेयर कारोबार मापक नेप्से परिसूचक ५२.३६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २  प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ६५.४५ विन्दुमा उक्लेको छ । अघिल्ला तीन कारोबार दिन सामान्य अंकले बढेको नेप्सेमा बुधबार सवा ५२ अंकले बढेको हो । 

उक्त दिन कारोबारमा आएकामध्ये १९६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ३७ वटाको घट्यो भने बाँकी ९ वटा कम्पनीको स्थिर रहयो ।

९० हजार ६ सय ९६ पटकको कारोबारमा १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ९ अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।

बुधबार कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये सबैको परिसूचक धेरैले बढेपछि समग्र नेप्सेको उच्च वृद्धिमा टेवा पुगेको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *