नेप्से घटनेक्रम राेकिएन, कारोबार रकम साढे ४ अर्बमा सीमित

इन्भेष्टाेपेपर । आश्विन १३, २०८३

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ९.६२ अंकले घटेको छ । अघिल्लो कारोबार दिन १६.४७ अंकले घटेर बन्द भएको नेप्से मंगलबार साढे ९ अंकले घटेको हो । 

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहमध्ये निजीवन बिमा र अन्यबाहेक सबैको परिसूचक घटेका छन् । अघिल्लो दिनको तुलनामा सोमबार ०.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ३.७१ अंकमा ओर्लेको छ । यस दिन कारोबारमा आएकामध्ये ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ वटाको घट्यो । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । 

मंगलबार कुल ५१ हजार २ सय ७४ पटकको कारोबारमा १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सोमबार ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार कुल ५८ हजार ५ सय ४७ पटकको कारोबारमा १ करोड ३१ लाख ७८ हजार १ सय २८ कित्ता सेयर किनबेच भएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *