नेदरल्यान्ड्स नेसन्स लिगकाे फाइनलमा : इंग्ल्यान्ड पराजित

Investopaper, जेष्ठ २४, २०७६

नेदरल्यान्ड्स इंग्ल्यान्डलाई पराजित गर्दै नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले अब उपाधिका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । पाेर्चुगल यसअघि नै स्वीटजरल्याण्डलाइ ३-१ ले हराउदै फाइनलमा स्थान बनाइ सकेकाे छ ।

बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुवैै टिमले १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयमा एक आत्मघाती गाेलसहित नेदरल्यान्ड्सकाे पाेल्टामा थप दुई गोल थपिएकाे थियो ।

खेलको ९७ औ मिनेटमा वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्यान्ड्सले २–१ गोलको अग्रता बनाएको थियो । एक सय १४ औं मिनेटमा नेदरल्यान्ड्सका लागि प्रोमिसले गोल गर्दै ३–१ गोलको जित दिलाए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *