प्राइम बैंकको १४ औं वार्षिक साधारण सभा आइतबार : कुन कुन प्रस्ताव पारित हुँदैछन त ?
Investopaper, जेष्ठ २५, २०७६
प्राइम कर्मशियल बैंकले यही जेष्ठ २६ गते आइतबार १४ औं वार्षिक साधारण सभामा बोलाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान १० बजेदेखि सभा शुरु हुनेछ । उक्त साधारण सभाले १६ प्रतिशत बोनस शेयरको प्रस्ताब पारित गर्ने छ भने शेयरधनीतर्फबाट सञ्चाकलमा तिन जना र सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जनाको निर्वाचन मनोनयन गर्ने कार्यक्रमसमेत तय गरेको छ ।
ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रक्रिया टुटेपछि अन्य बैंकसँग मर्जर प्रक्रियाका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने , वर्तमान रू. १० अर्ब अधिकृत पूँजीलाई बृद्धि गरी रू. २२ अर्ब पुर्याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विषय सभामा छलफलका लागि पेश हुने छन् । यस बैंकले कन्काई विकास बैंकलाई प्राप्ती गर्ने सम्झौतामा जेठ २२ गतेनै हस्ताक्षर गरिसकेको छ ।
बैंकले साधारण सभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
