कृषि विकास बैंकको नयाँ शाखा पिपरीमा

इन्भेष्टोपेपर । आश्विन ०५, २०७

काठमाडौँ । बांके जिल्लाको पिपरीमा रहेको शाखा पिपरीको औपचारिक रुपमा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायवाट समुदघाटन सम्पन्न भएको छ ।

सर्वसाधारणहरुको व्यापक सहभागीता रहेको उक्त कार्यक्रममा कृषि विकास वैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले कृषिलाई नछोडने अरुलाई जोडने यसको मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने वताउनुभयो ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ , जसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने वताउनुभयो ।

उक्त कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रमको अध्यक्षता नेपालगंज प्रदेश कार्यालयका निर्देशक गिरीराज रेग्मीले गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *