बर्दियाको राजापुरमा सांग्रिला डेभ्लपमेन्ट बैंकको नयाँ शाखा
इन्भेष्टोपेपर । माघ ९, २०७८
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाको राजापुर नगरपालिका–४ राजापुरमा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
राजापुर शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकले विश्वास लिएकाे छ ।
बैंकले अन्य सम्भावित क्षेत्रमा पनि ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउने उद्देशयले विभिन्न स्थानमा थप शाखा विस्तारको तयारी भइरहेको बताएको छ । हाल बैंकले १०६ शाखा बैंकिङ सेवा दिँदै आएको छ ।
