नवनिर्वाचित राप्रपा अध्यक्षको पदबहाली

इन्भेष्टोपेपर । मंसिर २०, २०७८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । 

पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फउन्मुख रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । 

विगतमा नेतृत्वले पार्टीको एजेण्डालाई कार्यान्वयन गराउन प्रष्ट अडान नलिएकाले चुनावमा पराजय भोग्न परेको जिकिर गर्दै उहाँले पहिलेका कमी कमजोरीबाट शिक्षा लिएर महाधिवेशन प्रतिनिधिको भावनाअनुसार आगामी निर्वाचनमा आफ्नो दललाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराइने विचार व्यक्त गर्नुभयो । 
    
झापा क्षेत्र नं ३ बाट सङ्घीय प्रतिनिधिसभामा समेत निर्वाचित अध्यक्ष लिङ्दनले राप्रपाको आदर्श, इतिहास र गौरवलाई संरक्षण गर्न अग्रज नेतृत्वको सुझावका साथै अन्य नेतासँग समन्वयका आधारमा विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रजातान्त्रिक प्रणालीमा हुने निर्वाचनमा मतदाताको निर्णयलाई सर्वोच्च मान्नुपर्नेमा जोड दिँदै उहाँले हार जीतको परिणाम भनेको प्राविधिक विषय भएको र मततदाताको विवेकपूर्ण निर्णय सबैलाई मान्य हुनुपर्नेमा जोड दिनुभयो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *