नेप्से परिसूचक ३२ अङ्कले उकालो लाग्यो

इन्भेष्टोपेपर । मंसिर २०, २०७८

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ३२ अङ्कभन्दा बढीले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ३२।२२ अङ्कले उकालो लागेर दुई हजार ५४६.०८ मा पुगेको छ ।

आइतबार नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले उकालो लागेर ४८०.९७ मा पुगेको छ ।

कूल २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर रु चार अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ मूल्यमा खरिद बिक्री भए । नेप्सेमा देखिएको वृद्धिलाई कारोबार रकमले भने पछ्याएको देखिएन ।

कारोबार भएका १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ १३, व्यापार ३.८८, होटेल तथा पर्यटन ४१.८, विकास बैंक १५७.१३, जलविद्युत् ८२.५३, वित्त ५७.८७, निर्जीवन बीमा २६.०९, उत्पादन ६२.२८, अन्य ३१.५२, लघुवित्त ६५.४१, जीवन बीमा १२३.२, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६८ अङ्कले बढेको छ ।

सोमबार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १७ करोड १५ लाख ९३ हजार १२८ बराबरको कारोबार भयो । यस्तै, नेसनल हाइड्रोपावर रु १५ करोड ३२ लाख १५ हजार ३८५, हिमालयन डिस्टिलरी रु १४ करोड ९७ लाख १२ हजार ४३५, महालक्ष्मी विकाु बैंक रु १४ करोड ४५ लाख चार हजार ६२८ र नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ९२ लाख ६१ हजार १९३ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारमा मेरो माइक्रोफाइनान्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ९.५५, साहस ऊर्जा ८.१७, माहुली सामुदायिक लघुवित्त ७.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.३७ प्रतिशतले कमाए ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त ६.८८, न्यादी हाइड्रोपावर ४.७१, युनिलिभर नेपाल २.६५, एनएमबी पचास १.९६ र सबैको लघुवित्तका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *