मुलपानी फुयाल गाउँमा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालन
इन्भेष्टाेपेपर । असाैज १७, २०७७
काठमाडौ जिल्ला कागेश्वरी नगरपालिका मुलपानी फुयाल गाउंमा कृषि विकास बैंकले पूर्ण आधुनिक बैकिङ्ग सुविधासहित नयाँ शाखाको असाैज १५ गतेदेखि सेवा संचालन शुभारम्भ गरेको छ ।
उक्त सेवा संचालन शुभारम्भको शुभ अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, काठमाडौ जिल्ला क्षेत्र नं. २ का प्रदेश सभा सदस्य मणीराम फुयाल, कागेश्वरी नगरपालीका का मेयर कृष्ण हरी थापाकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरि स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु तथा नेपाली कांग्रेश क्षेत्र नं २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाल लगायत स्थानीय विद्यालयका प्रधानअध्यापकहरु तथा भद्रभलादमीहरुको समेत उपस्थिती रहेको थियो ।
कोभिड–१९ कारणले औपचारीक रुपमा कार्यलयको उदघाटन हुन नसकेपनि अप्नाउनु पर्ने सावधानी अपनाई बैंकिङ्ग सेवा संचालनको शुभारम्भ भयो । उक्त अवसरमा कृषि विकास बैंक लि.प्रदेश कार्यालय बागममतिका प्रमुख सुन्दर प्रसाद खतिवडा, विभागीय प्रमुख अजय कुमार रिमाल, विभागीय प्रमुख तथा प्रबक्ता हिमलाल पौडल, कृषि विकास बैंक लि. प्रदेश कार्यालय काठमाडौका छगेन्द्र आचार्य लगायत अन्य कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।
