एनआईबिएल एस क्यापिटल लिमिटेडले पूरा गर्याे १० वर्ष

इन्भेष्टाेपेपर ।  साउन १६, २०७९

काठमाण्डाैँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा भएको छ ।

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको IPO तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । यस क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ ।

क्याप्टिल, योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ ।

कम्पनीले ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *