एनआईसी एशिया बैंककाे २२औं साधारण सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा
Investopaper, भाद्र १९, २०७६
एनआईसी एशिया बैंकले २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा बोलाएको हो।
नेपालका २८ वटा वाणिज्य बैंकमध्ये हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट ६ वटा बैंकहरूले मात्र लाभांश घोषणा गरेका छन । एनआईसी एशिया लाभांश घोषणा गरेका मध्ये सबैभन्दा छिटाे साधारण सभा घाेषणा गर्ने पहिलो बैंक भएको थियो।
एनआईसी एशिया बैंकले साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ।

